न्यायाधीशको पक्ष-विपक्षमा एमाले लाग्दैन : अध्यक्ष केपी शर्मा ओली

Machchapuchchre
अर्थ राजनीति  ~  एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालत भित्रको विवादमा एमाले कसैको पक्ष र विपक्षमा नलाग्ने प्रष्ट पारेका छन् । मोरङको विराटनगरमा मंगलबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले राजीनामा दिन पर्छ या पर्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले सर्वोच्च अदालतको अशोभनीय गुटबन्दीमा नफस्ने बताए । कसैको पक्ष र विपक्षमा एमाले नलाग्ने उनको भनाइ छ । अदातलत लोकतन्त्रको एक स्तम्भ भएकाले यसको गरिमा राख्नुपर्ने उनले बताए । गठबन्धनको  काम सिस्टममा प्रहार गर्ने मात्र भएको उनको भनाइ छ ।  तत्कालीन प्रधानन्याधीश सुशीला कार्कीको पालादेखि नै सर्वोच्च अदालत विवादित बनेको उनले आरोप लगाएका छन् ।‘सुशीला कार्कीजीले पहिला नै संविधानको बर्खिलाफ गर्नुभएको छ’,  ओलीले भने । सविधानको धारा २७ को २ मा एक सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने व्यवस्था उल्लेख गरिएको छ । त्यो इजलासमा प्रधानन्यायाधीश र न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधीशले तोकेका चारजना न्यायाधीशसमेत पाँचजना रहने व्यवस्था रहे पनि कार्कीले आफ्नो इच्छाअनुसार संवैधानिक इजलास बनाएको ओलीको आरोप छ । अहिलेको सरकार असफल भएको ओलीको टिप्पणी छ । तीन महिनासम्म सरकार बनाउन विस्तार गर्न नसक्ने सरकार फेल भएको उनको भनाइ छ । सभामुखप्रति कटाक्ष गर्दै उनले एमाले सरकारमा हुँदा एक मिनेट कोही संसदमा उभिए संसद् रोकिए पनि अहिले प्रतिपक्ष दलको विरोध हुँदा बैठक चलेको बताए । उनले अर्ली इलेक्सनको विकल्प नभएकोसमेत बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्