अर्थ राजनीति ~ आइतवारदेखि उकालो लागेको नेप्से परिसूचकले मंगलवार पनि निरन्तरता पाएको छ । मंगलवार कारोबारको एक घण्टामा नेप्से परिसूचक २ दशमलव ७३ प्रतिशत अर्थात ७२ दशमलव ९६ अंकले बढेर २ हजार ७४५ दशमलव २१ विन्दुमा पुगेको छ । उता, ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २५ प्रतिशत बृद्धि भई ५१५ दशमलव ९४ विन्दु कायम गरेको छ । यो अवधिसम्म १ अर्ब ९२ करोड ५६ लाख ६८ हजार रुपैयाँ बराबरको ३४ लाख २४ हजार ८९८ कित्ता शेयर खरिद विक्री भएको छ । यस अवधिसम्म कारोबारमा आएका सबै समूहका परिसूचक बढेको छ । वित्त समूहको परिसूचक यो अवधिसम्म सर्वाधिक ५ दशमलव २४ प्रतिशत बढेको छ । वर्षभरिको लगानीको प्रतिफल भित्र्याउने समय भएकाले पनि ७ सय अंकभन्दा बढी घटीसेकेको नेप्से परिसूचकले पुनः गति लिएको जानकारहरुको भनाई छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति