अर्थ राजनीति ~ नेपाल बार एसोसियसनको टोलीले न्यायपालिका सुधारको सम्बन्धमा अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग छलफल गरिरहेको छ । बिहान साढे १० बजेदेखि भईरहेको छलफलमा न्यायालयमाथि उठिरहेका प्रश्न, संवैधानिक आयोगहरुमा नियुक्तिसम्बन्धी मुद्दामा अवरोध, न्यायाधीश हरिकृष्ण कार्की समितिको प्रतिवेदन कार्यान्वयन, न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिकलगायतका विषयमा छलफल भईरहेको बुझिएको छ । यस्तै प्रधानन्यायाधीश राणाबारे पछिल्ला दिनमा लागेको आरोपका बारेमा पनि छलफल हुने छ । गत शुक्रबार बसेको बारको बैठकले अदालतमा स्वचालित पेशी प्रणाली लागू गराउन समय लाग्ने भएमा गोला प्रथाबाट पेशी तोक्न १५ दिने अल्टिमेटम दिएको थियो । सो विषयमा पनि छलफल हुने भएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति