अमेरिकी राष्ट्रपतिद्वारा आयोजित सम्मेलनलाई प्रधानमन्त्री देउवाको सम्बोधन

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गरेका छन् । गएराति आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले सन् २०२२ को अप्रिलसम्म ८० प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाइसक्ने बताएका छन् । देउवाले कोभिड १९ महामारी नियन्त्रण गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । राष्ट्रपति बाइडेनले राष्ट्रसंघीय महासभाको पूर्वसन्ध्यामा आयोजना गरेको सो भर्चुअल सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले सम्बोधन गरेका थिए । शनिबार आयोजना हुने राष्ट्रसंघीय महासभाको ७६ औं सत्रलाई १९३ देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुले सम्बोधन गर्दैछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्