अर्थ राजनीति ~ मन्त्रीपरिषद्ले पर्यटकका लागि नेपालकै नाकामा दिदै आएको अनअराइभल भिषा दिन शुरु गरेको छ । सरकारले मंगलबार निर्णय गरेपछि विहिबार देखि अध्यागमन विभागले भिषा दिन शुरु गरेको सूचना जारी गरेको छ । कोरोना महामारीले विभागले गत जेठ ६ गते बाट भिषा दिन बन्द गरेको थियो । नेपाल प्रवेश गर्ने पर्यटकलाई विभागले हवाइ उडानबाट आउने र नाकाबाट आउने सबैका लागि भिषा दिने निर्णय गरेको जनाएको छ ।
पर्यटकलाई अनअराइभल भिषा दिन शुरु
