मन्त्रिपरिषद् विस्तारका लागि प्रचण्डको दौडधुप

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ले बिहानैदेखि गठबन्धनका शीर्ष नेताहरूसँगको भेटवार्तालाई तीव्र पारेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान भेटवार्ता भएको हो। देउवालाई भेटेलगत्तै दाहालले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्। दाहाल र नेपालबीच सिंहदरबारस्थित संसद् सचिवालय भवनमा भेटवार्ता चलिरहेकोछ। भेटघाट मन्त्रिपरिषद् विस्तारका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। असार २८ गते सर्वोच्च अदालतको परमादेशपछि २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। भदौ २२ गतेसम्म निर्वाचन आयोगले दल रोज्न एमाले र जसपाका प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई समय दिएकाले त्यसअघि मन्त्रिपरिषद् विस्तार नगर्ने दलहरुबीच केही दिनअघि सहमति भएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्