सेयर धितो कर्जाको रिसाइकल रोक्न सीमा तोकेको : गभर्नर

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितोको कर्जामा सीमित व्यक्तिको मात्र पहुँच र रिसाइकल गर्ने प्रवृत्ति रोक्न सीमा तोक्नुपरेको बताएक छन् । “४ करोडको सेयर बैंकमा राखेर २ करोड ८० लाख ऋण लिने, फेरि २ करोड ७० लाखको सेयर राखेर ७० प्रतिशत ऋण लिने र उक्त कर्जाबाट किनेको सेयरबाट पनि पुनः कर्जा लिने ‘रिसाकलको प्रवृत्ति’ ठीक छैन” शुक्रबार आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले भने, “यसले वित्तीय क्षेत्रमा जोखिम बढाउने भएकाले सीमा तोकेका हौं ।”मौद्रिक नीतिको घोषणा अनुसार राष्ट्र बैंकले निर्देशन जारी गर्दै सेयर धितो कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम चार करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्ममात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको छ । गभर्नर अधिकारले चालु आवको मौद्रिक नीतिले १ करोड भन्दा सानो ऋणमा २ प्रतिशत प्रिमियम तोक्ने राष्ट्र बैंकको नीतिलाई ‘नोबेल पोलिसी’ को संज्ञा दिए “सानाका ऋणीको लागि ल्याएको ऐतिहासिक नीति हो, अहिले १६ लाख ८२ हजार ऋणीमध्ये ४७ हजार ऋण एक करोड भन्दा माथि कर्जा लिने छन् । धेरै ऋण लिनेको त बार्गेन गर्ने क्षमता नै बढी हुन्छ ।”बैंक तथा वित्तीय संस्थाले तरलता अभाव भयो भन्दै प्रचार गरेकोप्रति टिप्पणी गर्दै उनले बैंकहरुले ब्याजदरको जोखिम उठाउने नगरेको आरोप लगाए । ब्याजदरको रिस्क ग्राहकमा थोप-यो, तरलताको राष्ट्र बैंकमा ३३ अर्ब अधीक तरलतालाई पनि अपर्याप्त भन्ने कामप्रति उनको चित्त बुझाइ छैन । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकका लगानीकर्ताले पाउने प्रतिफल घटिरहेकाले लगानीकर्ता पलायन हुने अवस्था आउनसक्ने तर्फ सचेत हुनुपर्ने उनले बताए । दाहालले सीडी रेसियोमा कार्यान्वयन विभिन्न चरणमा गर्न राष्ट्र बैंकलाई सुझाव दिए । “२०७९ असारसम्म ९० प्रतिशत सीडी बनाउनुपर्ने सट्टा तीन चरणमा यो लक्ष्य पूरा गरौं,” अध्यक्ष दाहालले भने, “पुस मसान्तसम्म ९२ बनाऔं, चैत मसान्तसम्म ९१ मा झारौं र असारसम्म ९० बनाऔं ।”डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष प्रद्युमन पोखरेलले कठिन समयमा आएको मौद्रिक नीति पुनरुउत्थान र स्थायित्वलाई सन्तुलनमा राखेर आएको बताए । लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले मौद्रिक नीति समग्रमा सकारात्मक भएको बताए । होलसेल र रिटेल मर्जर, क्रस होल्डिङ भएकाको मर्जर सकारात्मक भएपनि त्यसमा स्पष्टता नआएको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्