सेञ्चुरी बैंकले ल्यायो ‘सेञ्चुरी सेभिङ्स प्लस अकाउन्ट’ नामक बचत खाता सञ्चालनमा

Machchapuchchre

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ‘सेञ्चुरी सेभिङ्स प्लस अकाउन्ट’ नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । न्यूनतम मौज्दात ५० हजार रुपैयाँ रहेको यस खातामा वार्षिक ६.५ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज पाइने बैंकले जनाएको छ ।

उक्त बचत खातामा १० लाख रुपैयाँसम्मको प्राणघातक रोग/दुर्घटना/दीर्घकालीन अशक्तताको बीमा आईएमई जनरल इन्स्योरेन्सबाट गर्ने व्यवस्था गरिएको छ । सो खातावालाहरुले नेपालका अन्य कुनै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । साथै निस्शुल्क लकर सेवा, आकर्षक डिजिटल बैंकिङ्ग र कर्जा सुविधामा विशेष छुट समेत दिइनेछ ।

उक्त खाताको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले गरेका हुन् । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्