सोमबार सुनको मूल्यमा सामान्य बृद्धि

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार छ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११८० मा कारोबार भएकोमा आज बढेर तोलामा ११९० कायम गरिएको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्