टेलिकम कर्मचारीको चेतावनीः व्यवस्थापनविरूद्ध कडा आन्दोलनमा जान्छौं

Machchapuchchre

अर्थ राजनीति  ~  आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीले आफूहरूको माग तत्काल सम्बोधन नभए टेलिकम व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्। आफूहरूको सबै सेवा, सुविधा कटौति हुने गरी गत साउन १ गतेबाट जारी गरिएको विनियमावली तत्काल फिर्ता लिन दवाव दिँदै आएका टेलिकमका कर्मचारीले अब पनि सम्बोधन नभए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन्।  कम्पनी सञ्चालक समिति र व्यवस्थापनले आफू अनुकूल तर ४ हजारभन्दा बढि कर्मचारी प्रतिकूल हुने गरी विनियमावली ल्याएकाले त्यसको विरोधमा केन्द्रिय कार्यालय परिसरमा जारी अनसनलाई निरन्तरता दिन बाध्य हुनु परेको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादवप्रसाद पनेरीले जानकारी दिए। उनले आफूहरूको सो माग सम्बोधन नभए नेपाली टेलिकमको संचालक समिति र व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए। टेलिकम सञ्चालक समितिले आफूहरूको अधिकार कटौति गरी जारी गरेको सो विनियमावलीविरुद्ध त्यहाँका कर्मचारीहरुले गत साउन ५ गतेदेखि केन्द्रिय कार्यालयमा धर्नासहितका विरोध कार्यक्रमलाई निरन्तरता दिईरहेका छन । २८ दिन बित्दा समेत पनि आफूहरुको माग सुनुवाई नभएको भन्दै टेलिकम कर्मचारीहरु संचालक समिति र व्यवस्थापन विरुद्ध झनै आक्रोशित भएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्