हिमालयन बैंकद्वारा पाटन दरवार क्षेत्रमा मन्दिर पुनर्निर्माणको लागि पाँच लाख आर्थिक सहयोग

Machchapuchchre

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७२ साल बैशाख महिनाको महाभुकम्पमा क्षतिग्रस्त भएको पाटन दरवार क्षेत्रमा अवस्थित भिमसेन मन्दिरको पुनर्निर्माणको लागि पाँच लाख बराबरको आर्थिक सहायता प्रदान गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्ण लाल महर्जनलाई पाटन दरवार क्षेत्रमा आयोजित एक समारोहका बीच हस्तान्तरण गरे ।

सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुरका प्रतिष्ठित व्यापारीहरु तथा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, सहायक महाप्रबन्धकहरुको उपस्थिति थियो ।संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा पाटन दरवार क्षेत्र तथा कृष्ण मन्दिर पुनर्निर्माण गर्न एक करोड प्रदान गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्