आजदेखि कतारमा लगाएको प्रतिबन्ध थप खुकुलो बन्दै

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली श्रमिकको प्रमुख गन्तब्य रहेको कतारले कोरोना महामारीका कारण लगाएको प्रतिबन्ध क्रमशः हटाउँदै लगिरहेको छ। आजदेखि कोरोना नियन्त्रणका लागि लागू गरेको तेस्रो चरणको प्रतिवन्ध थप खुकुलो बनाउने निर्णय गरिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अब सबै उमेर समूहका लागि मस्जिद खुला गरिने जनाएको छ । कोरोना बिरुद्धको दुबै डोज खोप लगाएकाहरू ३५ जनासम्म भेला हुन् पाइनेछ । सम्पूर्ण सपिङ मलका चेन्जिङ रुमहरू खुला गर्न पाइनेछ भने २० प्रतिशतसम्म क्षमतामा खोप लगाएका ग्राहकहरुले रेस्टुरेन्टमा बसेर खान पाउने छन् । जोखिम मूल्याङ्कनको आधारमा ३० देखि ५० प्रतिशतसम्म क्षमतामा प्रदर्शनी, सम्मेलन र कार्यक्रम गर्न पाइने मन्त्रालयले जनाएको छ । पूर्ण खोप लगाएका ३५ जनासम्मले खेलकुद प्रशिक्षण गर्न पाउने छन्। कतारमा पछिल्लो २४ घण्टामा १८१ जनामा मात्र नयाँ संक्रमण भेटिएको छ । योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख २७ हजार ५५ पुगेको मन्त्रालयले जनाएको छ । यस अवधिमा ९९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसंगै कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख २४ हजार ३८४ पुगेको छ भने संक्रमणबाट अहिलेसम्म ६०१ जनाको मृत्यु भएको छ ।  कतारमा २ हजार ७० वटा ‘एक्टिभ’ केस रहेका छन् भने ६४ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । तीमध्ये २३ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाईसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्