सत्तारुढ गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाउँदै

Machchapuchchre

अर्थ राजनीति  ~  सत्तारुढ गठबन्धनको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदै छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेर प्रधानमन्त्री देउवालाई बुझाउन लागेको हो । कार्यदलका सदस्य राजेन्द्र श्रेष्ठका अनुसार विहान साढे ९ बजे प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन लागिएको छ । सबैको अपनत्व हुने गरी प्रतिवेदन तयार पारिएको उनको भनाइ छ । उनका अनुसार गठबन्धन सम्बद्ध पार्टीका नेता, अर्थविद्, कानुनका जानकार लगायतलाई पनि परामर्श लिएर प्रतिवेदन तयार पारिएको हो । प्रधानमन्त्रीलाई बुझाउन लागिएको प्रतिवेदनमा सरकारको योजना, काम र प्राथमिकताका विषयलाई समेटिएको छ । प्रधानमन्त्रीपछि गठबन्धनका शीर्ष नेतालाई पनि प्रतिवेदन बुझाइने श्रेष्ठले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्