” कसलाई मन्त्री बनाउने र कसलाई नबनाउने ” : अध्यक्ष दाहाल

Machchapuchchre

अर्थ राजनीति  ~   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई मन्त्री बनाउन दबाव दिनेहरुको हुल भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवस कार्यक्रममा बोल्दै शनिबार अध्यक्ष दाहालले आफूलाई मन्त्री बनाउन दबाव दिनेहरुको हुल लागेको खुलाशा गरेका हुन् । उनले आफ्नो पार्टीका ४९ सांसद सबैलाई मन्त्री पद चाहिएको भन्दै आफू मानसिक तनावमा भएको बताएका छन् ।अध्यक्ष दाहालले यही विषयले आफू पछिल्लो केही दिन मानसिक तनावमा रहेको बताएका छन् । यसबाट हालका नेताहरु कुरा गर्दा आदर्श, निष्ठा र क्रान्तिकारी गर्ने तर चित्त भने मन्त्री बन्न पाइन्छ कि भन्ने तिर मात्र लागेको टिप्पणी गरेका छन् । उनले भने–‘कसलाई मन्त्री बनाउने र कसलाई मन्त्री नबनाउने भन्ने कुराको आतंक मेरो दिमागमा छ । पार्टीका ४९ जना सांसद नै मन्त्री बन्न चाहन्छन् तर पार्टीले बढीमा ७ वटा मन्त्री पद पाउन सक्छ । मन्त्री नपाए नेतृत्वलाई सराप्ने र पाए खुशी हुने प्रवृत्ति पार्टीभित्र जबर्जस्त छ ।’ कांग्रेस सभापति शेरबहादुरको देउवाको नेतृत्वमा गठबन्धनले निर्माण गरेको सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री बनिसकेका छन् । माओवादी केन्द्रका जनार्दन शर्मा अर्थमन्त्री छन् भने पम्फा भुसाल ऊर्जा मन्त्री रहेका छन् । त्यसैगरी कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्र कार्की कानून मन्त्री रहेका छन् भने बाँकी मन्त्रालयहरुमा मन्त्री नियुक्त गरिएको छैन । प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल विस्तारमा ढिलाई गरिरहेका छन् । अध्यक्ष दाहालका अनुसार खाली मन्त्रालयहरुमा आफूलाई मन्त्री बनाउन दबाव दिनेहरुको बढी छन् । आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको टुंगो लगाउन अहिले कांग्रेस र माओवादी दुबैलाई कठिन भईरहेको छ भने यसै विषयमा बैठकहरु बस्दै आईरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्