अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रलाई सिद्धार्थ बैंकको १० लाख आर्थिक सहयोग

Machchapuchchre

काठमाडौं । सिद्धार्थ बैंकले आइतबार प्रदेश नं ३, काभ्रे जिल्लाको बनेपा स्थित अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रलाई दशलाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम, बैंकका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका कार्यकारी र चिकित्सा निर्देशक डा. विवेक बाँस्कोटालाई एक समारोहका बीच प्रदान गरेको थियो ।

अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रलाई बारा र पर्साका शारीरिक अशक्तता भएका बालबालिकाको आवश्यक शल्यक्रिया, फिजियोथेरापी तथा सहायक सामाग्री प्रदान गर्ने कार्यका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त सहयोग रकम प्रदान गरेको हो ।

यस कार्यक्रमबाट बारा र पर्सा जिल्लाका २०० अपाङ्ग बालबालिकाको उपचारमा प्रत्यक्ष सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुराउने उद्देश्यले बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्