निर्वाचनका लागि अर्थले आयोगलाई दियो ७ अर्ब ७२ करोड रकम

Machchapuchchre

अर्थ राजनीति  ~  अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई  ७ अर्ब ७२ करोड ८३ लाख  रुपैयाँ दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि अर्थले सो रकम विनियोजन गरेको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामाग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ। २०७८ कात्तिक २६ गते शुक्रबार पहिलो चरण र मंसिर ३ गते शुक्रबार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको हो। मन्त्रालयले विविध शीर्षकमा रहेको रकम रकमान्तर गरी आयोगलाई प्रदान गरेको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्