सबैका लागि कोरोना खोपको व्यवस्था हुन्छ : प्रधानमन्त्री ओली

Machchapuchchre

अर्थ राजनिति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खोपको प्रबन्ध गरिएको बताएका छन्। नेपाल वायु सेवा निगमको ६४औं वर्ष प्रवेशका अवसरमा सन्देश दिदैं प्रधानमन्त्री ओलीले खोपको प्रबन्ध निरन्तर अघि बढ्ने बताए। उनले सरकारको यस प्रयासले भविष्यमा नेपाल सामान्य जनजीवनमा फर्कने अपेक्षा गरे। प्रधानमन्त्री ओलीले यस महामारीले हाम्रो पर्यटन क्षेत्र अझ बढी प्रभावित बनेको र निर्धारित लक्ष्य प्राप्तिमा ठूलो ब्यवधान खडा भएको बताए। प्रधानमन्त्री ओलीले देशले बहुआयामिक लाभका लागि जे-जस्ता योजना तयार गरी विकास र समृद्धिको बाटोमा आफूलाई अग्रसर बनाएको थियो त्यसमा आएको ब्यवधानले अर्थतन्त्रमा ठूलो क्षति भएको कुरा बताए।उनले तर यस महामारीलाई परास्त गर्ने हाम्रो निरन्तर प्रयासले यस्ता विपत्तिपूर्ण कहर रहिरहने छैनन् भन्ने आश्वस्त पारे।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्