प्रहरी कर्मचारीले राष्ट्रिय बाणिज्य बैंकबाट बिना धितो ऋण पाउने भए

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल प्रहरीमा रहेकाहरुले राष्ट्रिय बाणिज्य बैंकबाट सहुलियतपूर्ण ऋण पाउने भएका छन्। बाणिज्य बैंकमा नेपाल प्रहरीको तलवी बचत खाता सञ्चालन हुने छ। खाता आगामी ५ बर्षसम्म सञ्चालन हुने छ। साथै प्रहरी कर्मचारीले बैंकबाट बिना धितो कर्जा पाउने छन्। समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरजबहादुर शाहीले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा श्रेष्ठले कोभिड–१९ को विषम परिस्थितिमा प्रहरी कर्मचारीहरूको स्वास्थ्य हितका लागि १० हजार थान सर्जिकल मास्क र स्यानिटाईजर हस्तान्तरण गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्