पार्टीलाई एकतावद्ध बनाउन , म सभापति बन्न जरुरी छ : डा. शशांक कोइराला

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापति आकांक्षी मध्येका एक हुन् महामन्त्री डा. शशांक कोइराला । सभापति शेरबहादुर देउवा चुनावी मैदानमा होमिसकेका छन् भने संस्थापनइतर समूहमा सभापतिको उम्मेदवारका लागि आधा दर्जन बढी आकांक्षी छन् । कोइराला परिवारबाटै डा.शेखर पनि सभापतिका दावेदार हुन् । तर वीपी कोइराला पुत्र महामन्त्री शशांकको दाबी छ, ‘शेरबहादुर देउवालाई म बाहेक अरुले हराउन सक्दैन, पार्टीलाई एकढिक्का बनाउन म सभापति हुनुपर्छ ।’ रामचन्द्र पौडेल, प्रकाशमान सिंह मात्र होइन, दाजु डा. शेखरलाई समेत मनाएर आफू सभापतिको उम्मेदवार बन्ने र देउवालाई हराउने उनको दाबी छ । आजको मितिसम्म मैले पार्टी सभापति शेरबहादुर देउवाको कहिल्यै विरोध गरेको छैन । चुनावमा नेपाली कांग्रेस हारेपछि उहाँको धेरै आलोचना भयो, मैले महामन्त्रीका रुपमा उहाँको बचाउ नै गरेँ । त्यसपछि उहाँको विरोध गरिनँ , महामन्त्री डा. शशांक कोइराला बताउछन्। कांग्रेस पराजय हुनुका धेरै कारणमध्ये गुट–उपगुट पनि एउटा थियो र, पार्टीलाई एक ढिक्का बनाउनु पर्दछ भन्ने मेरो प्रयास थियो । तर अब मैले सत्य बोल्नैपर्छ, उहाँले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न सक्नुभएन । मेरो मान्छे, तेरो मान्छे गर्नुभयो, टिकट वितरणमा पनि आफ्ना मान्छेलाई प्राथमिकता दिनुभयो । मेरो चाहना विकेन्द्रीकरणको सिद्धान्त अनुसार तलबाटै सल्लाह लिनुपर्छ भन्ने थियो । तर केन्द्रबाट टिकट दिइयो । त्यसले पनि असन्तुष्टि बढ्यो । महाधिवेशन भएको ६ महिनाभित्र गठन गर्नुपर्ने विभागहरु चार वर्षपछि मात्रै गठन गर्नुभयो । त्यो पनि महाधिवेशनलाई लक्षित गरेर बनाएको देखिन्छ । यसरी हेर्दा महामन्त्रीका कार्यकालमा मैले पार्टी एकता बनाउने प्रयास गरेँ, तर सकिँन । वीपीको छोरा भएर पार्टीको यो दुर्दशा हेरेर बस्न सक्दिन । त्यसैले अहिले मेरो महत्वपूर्ण जिम्मेवारी पार्टीलाई एकतावद्ध बनाउने हो । म बाहेक यो पार्टीलाई अरुले एकढिक्का बनाउन सक्दैन । त्यसैले म सभापति बन्न जरुरी छ । प्रधानमन्त्री अरु बने पनि सभापतिका रुपमा मैले सुझाव दिने काम त भइहाल्छ , महामन्त्री डा. शशांक कोइरालाले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्