सभामुख सापकोटा : चौतर्फी संकट व्यहोरिरहेका छौं

Machchapuchchre

अर्थ राजनीति  ~  सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको बताएका छन् । संसद दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिंदै सभामुख सापकोटाले भनेका छन्, ‘संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको छ ।’उनले यस दिवसले संघीय संसद सदस्य, संविधानसभाका सदस्य, पूर्व सांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैमा संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरेका छन्। वि.सं.२०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिनलाई संसद दिवसको रुपमा मनाउने गरिन्छ । यस वर्ष संसद दिवस मनाउँदै गर्दा चौतर्फी संकट व्यहोरिरहेको सभामुख सापकोटाको सन्देशमा उल्लेख छ । कोरोना महामारी, मौसमजन्य विपत्ती र प्रतिनिधिसभाको दोस्रोपटक विघटन गरिएको विषयलाई उनले संकटको रुपमा उल्लेख गरेका छन् । मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्‍याउनु आजको आवश्यकता भएको सापकोटाको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्