भोलिदेखि सार्वजनिक यातायात चलाउन दिने तयारी, आज निर्णय हुदै

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकाकामा जोर-विजोर प्रणालीमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भए पनि टुंगो लागेन। भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार सोमबार बिहान ९ बजे पुनः बैठक बसेर यो विषय टुंगो लगाइनेछ। आइतबारसम्म काठमाडौं उपत्यकाको निषेधाज्ञाको मोडलबारे सीसीएमसी र गृहमन्त्रालयको निर्णय आइनसकेकाले निषेधाज्ञाको विषय सिडिओकै तहबाट टुंग्याइएको बताइएको छ। उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा पछिल्लो पटक ७ असारमा एक साताका लागि थप्ने निर्णय भएको थियो। थपिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदैछ। पछिल्लो निषेधाज्ञा थप्दा निजी सवारीसाधन तथा ट्याक्सीलाई जोर-विजोर र व्यवसायलाई बारका आधारमा सञ्चालन गर्न दिइएको थियो। प्रशासनले सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायतमा लगाएको रोक कायमै रहने जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्