विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आज छलफल तथा अन्तरक्रिया गर्दै

Machchapuchchre

अर्थ राजनीति  ~  विपक्षी गठबन्धनका शीर्ष नेताले डाक्टर, इन्जिनियर, प्रोफेसर र वरिष्ठ अधिवक्ताहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै छन् । सोमबार दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्से हलमा उनीहरुसँग अन्तरक्रिया गर्ने  लागिएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । डाक्टर, इन्जिनियर, प्रोफेसर र वरिष्ठ अधिवक्तासँग अन्तरक्रिया कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल,  जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताको सहभागिता रहने छ । विपक्षी गठबन्धनका शीर्ष नेताले यसअघि विभिन्न मिडियाका सम्पादक तथा राजनीतिक बिट हेर्ने पत्रकारसँग पनि अन्तरक्रिया गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ७ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि गठबन्धनले राजनीतिक लडाइका रुपमा अन्तर्क्रियामा जोड दिएको छ । विपक्षी गठबन्धनले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा बहस जारी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्