आईपीओ : आठ अर्बभन्दा बढीको आईपीओ पाइपलाइनमा

Machchapuchchre

अर्थ राजनीति  ~  सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन (आइपीओ) को तयारीमा रहेका पाँच कम्पनीहरुले धितोपत्र बोर्ड (सेबोन) मा  एकसाथजसो आवेदन दिएका छन्। पाइपलाइनमा रहेका कम्पनीहरुले निषेधाज्ञाकै बीच सेबोनमा आवेदन दिएपछि आईपीओ जारीमा चाप पर्ने देखिएको छ। सेबोनबाट निषेधाज्ञाअघि दुई कम्पनीले आईपीओको अनुमति पाइसकेका छन् भने पाँच कम्पनीले यसका लागि निवेदन दिएका थिए। यीबाहेक थप पाँच कम्पनीले हालको निषेधाज्ञाबीच नै आईपीओ अनुमतिका लागि निवेदन दिएका हुन्। यी सम्पूर्ण १२ कम्पनीलाई सेबोनले सेयर निष्कासन अनुमति दिँदा बजारमा सर्वसाधारणका लागि आइपीओको आवेदन भर्नका लागि कुल ८ करोड १८ हजार कित्ता हाराहारी सेयर उपलब्ध हुनेछन्। यसबाट उक्त दर्जन कम्पनीले बजारबाट करिब ८ अर्ब १८ लाख रुपैयाँ उठाउनेछन्। निषेधाज्ञाअघि नै एक अर्ब ५० करोड रुपैयाँबराबरको एक करोड ५० लाख कित्ता सेयर निष्कासनको अनुमति पाएको मध्ये भोटेकोशी जलविद्युत आयोजनाको आईपीओ जारी नहुँदै जीवन विकास लघुवित्तले ६० करोड ८४ लाख रुपैयाँबराबरको ६० लाख ४८ हजार कित्ता सेयरको प्राथमिक निष्कासन गर्ने अनुमति हालै पाएको छ। निषेधाज्ञा अन्त्य हुनेबित्तिकै यी दुई कम्पनीको कुल दुई अर्ब १० करोड ८४ लाख रुपैयाँ बराबरको दुई करोड १० लाख ८४ हजार कित्ता सेयर सर्वसाधारणका लागि आउने पक्कापक्की भएको छ।

आईपीओको पाइपलाइनमा रहेका जलविद्युत कम्पनीहरुमा दोर्दी खोला जलविद्युत र माथिल्लो हेवा खोला जलविद्युत रहेका छन् । दोर्दीले २९ करोड ५० लाख रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता आईपीओ ल्याउन लागेको हो। यस्तै, माथिल्लो हेवा खोला २० करोड रुपैयाँबराबरको २० लाख कित्ता सेयर निष्कासनको प्रक्रियामा गएको छ। त्यस्तै, मानुषी लघुवित्तले पनि तीन करोड ९३ लाख ७० हजार ५०० रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता सेयर जारी गर्नका लागि बोर्डमा निवेदन दिएको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्