आजको सेयर बजार : कारोबार रकममा नयाँ रेकर्ड

Machchapuchchre

अर्थ राजनीति ~  साताको पहिलो दिन आइतबार सेयर बजारमा दुई नयाँ रेकर्ड बनेका छन्। यस दिन बजारको परिसूचक नेप्से हालसम्मकै उच्च अंकमा पुगेको छ। परिसूचक ५० अंकले बढेर २९०६ अंकमा कायम भएको छ। त्यस्तै अर्को कारोबार रकममा नयाँ रेकर्ड बनेको छ। एकैदिन १७ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस दिन बैंकिङ समूहले नै नेप्से परिसूचकलाई डोहोर्याएको छ। बैंकिङ ६९ अंकले बढेको छ। विकास बैंक ९६, फाइनान्स २७, अन्य ६६ र माइक्रोफाइनान्स समूह ४ अंकले बढे। ब्यापार ४३, होटल तथा पर्यटन १८, जलविद्युत ४६, निर्जीवन बीमा ८३ र उत्पादन समूह ६७ अंकले घटे। यस दिन महिला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक र रिडी हाइड्रोपावरको मूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढ्यो। वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नेपाल बंगलादेशको मूल्य ९ प्रतिशतले बढेको छ। छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको मूल्य सबैभन्दा धेरै २९ प्रतिशतले घटेको छ। राधि विद्युतको मूल्य ८ प्रतिशतले घटेको छ। दिव्यश्वरी हाइड्रो, नारायणी डेभलपमेन्टको मूल्य क्रमशः ६.९ र ५.९ प्रतिशतले घटेको छ। कारोबारका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको १ अर्ब २१ करोड रुपैयाँको सेयर किनबेच भयो।कम्पनीको मूल्य ६ प्रतिशतले बढ्यो। निफ्राको ८३ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य ८ प्रतिशतले बढ्यो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्