पौडेल पक्षले बहिष्कार गरपछि कांग्रेस बैठक भोलिसम्मका लागि स्थगित

Machchapuchchre

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । आइतवार(आज) दिउँसोका लागि बोलाइएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु उपस्थित नभएपछि बैठक केहीबरे बसेर स्थगित भएको हो ।

बैठक सोमबार दिउँसो १ बजे पुन बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आफ्ना मागहरु सभापतिले सम्बोधन गर्ने दिशामा अघि नबढेको तथा पार्टीलाई एकलौटी ढंगले अघि बढाउन खोजेको भन्दै बरिष्ठ नेता पौडलले नेतृत्वको आलोचना गर्दै आएका छन् ।

उनलाई मनाउन देउवा पनि लागि परेका थिए तर उनको प्रयास सफल हुन सकेन । देउवा हिजो (शनिबार) दिउँसो पौडेल निवास बोहराटार पुगेका थिए । उपसभापति बिमलेन्द्र निधिसहितका नेताहरु बोहराटारमा एकघण्टा भन्दाढी समय बसेर छलफल गरेपनि सहमति जुट्न सकेन ।

पौडेलले १४ औ महाधिवेशनको कार्यतालिकालाई बैठकको मुख्य एजेन्डा बनाउनुपर्ने माग गर्दै आएका छन् । यो विषयमा दुवै पक्षबीच सहमति भएपनि बैठकको एजेन्डामा १४ औं महाधिवेशनको विषय समावेश नगरेकाले बैठकमा सहभागि नहुने नेता पौडेलले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्