अर्थ राजनीति ~ वाणिज्य बैङ्कहरुको निक्षेप सङ्कलन पछिल्लो साता घटेको छ । जेठ ७ देखि १४ गतेसम्म निक्षेप ५ अर्बले घटेको छ । जेठ सात गतेसम्म बैङ्कहरूसँग ३९ खर्ब ६१ अर्ब रुपैयाँ रहेकोमा त्यसको एक सातापछि ५ अर्बले कमी आउँदै ३९ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ । तर, यस अवधिमा बैङ्कको कर्जा लगानी भने १० अर्ब रुपैयाँले बढेको छ । जेठ सात गतेसम्म ३६ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी रहेकोमा १४ गते आइपुग्दा ३६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसले लगानीका लागि कर्जाको माग बढी रहेको देखाउँछ । निक्षेप भन्दा कर्जा बढी हुदै गए तरलता –लगानी योग्य रकम संकट चुलिन सक्नेछ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति