साढे २ प्रतिशत बढायो शेयर बजारको पूँजीगत लाभकर

Machchapuchchre

अर्थ राजनीति  ~ सरकारले शेयर कारोबारवाट लाभ प्राप्त गर्ने लगानीकर्ताहरुले तिर्नुपर्ने पूँजीगत लाभकर २ दशमलव ५ प्रतिशत बढाएको छ । यस अघि ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था थियो । सरकारले यस वर्ष बढाएको साढे २ प्रतिशत पूँजीगत लाभकरको भार भने अल्पकालिन लगानीकर्तामा मात्र पर्ने भएको छ । सरकारले जारी गरेको आर्थिक अध्यादेशमा एक वर्षभन्दा कम अवधिमा शेयर कारोबार भई लाभ लिएका लगानीकर्ताहरुमा मात्र ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो । एक वर्षसम्म शेयर कायम गरी त्यसपछि कारोबार गर्ने लगानीकर्ताहरुका लागि भने ५ प्रतिशत पूँजीगत लाभकरनै लागू हुनेछ । यस अघि अल्कालिन र दिर्घकालिन दुबै प्रकारका कारोबार गर्ने लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्