आज ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल सुनचाँदी महासंघका अनुसार आज बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले बढेको छ । गत बुधबार एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज एकै दिन ४०० रुपैयाँले बढेर अधिकतम ९३ हजार ७०० रुपैयाँ कायम भएको हो । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ । यता चाँदी तर्फ भने बिहीबार समेत प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३६० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्