जेठ र असारमा अक्सिजन चाहिने संक्रमित अझै बढ्न सक्ने सरकारको अनुमान

Machchapuchchre

अर्थ राजनीति  ~  नेपालमा गत हप्ता अक्सिजनको चरम अभाव भयो । अक्सिजनको अभावको हल्ला बजारमा चल्न थालेपछि केही पहुँचवालाले व्यक्तिले स्टक राख्नाले अस्पतालमा अक्सिजनको हाहाकार भएको कोभिड उपचारमा संलग्न चिकित्सकहरुले आरोप समेत लगाएका थिए । जसले गर्दा धेरै कोभिड बिरामीले समयमै अक्सिजन नपाउँदा मृत्यु समेत भयो । अक्सिजनकै अभावमा कति संक्रमतिको ज्यान गयो भन्ने तथ्याङ्क चाहिँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छैन । कोरोना संक्रमितमध्ये सामान्य अवस्थाका १० प्रतिशत संक्रमितलाई अक्सिजन चाहिन्छ । यस्तै जटिल अवस्थामा पुगेमा ७ प्रतिशत संक्रमित अक्सिजनको आवश्यकता पर्छ । र ३ प्रतिशत संक्रमितलाई आइसीयू र भेन्टिलेटर आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ । अहिले पनि अक्सिजन, हाइ डिपेन्डेन्सी युनिट, आइसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामीको बढ्दै गइरहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म १ हजार ५ सय ९० आईसीयू र ३९० जना भेन्टिलेटरमा उपचाररत छन् । संक्रमित संख्या बढेसँगै जेठ र असार महिनासम्म जटिल केस थप बढ्ने स्वास्थ्य मन्त्रालयले आँकलन गरेको छ । त्यसका लागि जेठमा १ लाख ९० हजार र असार महिनामा २ लाख ३३ हजार सिलिन्डर चाहिने आँकलन गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्