आजबाट काँग्रेसले प्रदेशस्तरमा कोभिड–१९ को अवस्थाबारे कार्यक्रम गर्दै

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली काँग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत ‘कोभिड—१९ को अवस्था र काँग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ । पार्टीको कोभिड–१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशका पार्टीका सम्बन्धित नेता–कार्यकर्ताको संलग्नतामा कार्यक्रम गर्न लागिएको पार्टी कार्यालयले जनाएको छ । कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, पालिकाका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष लगायतको सहभागिता रहनेछ । कार्यक्रमको प्रमुख अतिथि काँग्रेसका सभापति शेरबहादुर देउवा र विशिष्ट अतिथिका रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्य नेतासमेत सहभागी हुने पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । सबै प्रदेशको संयोजन काँग्रेसका सहमहामन्त्री तथा समितिका संयोजक डा.प्रकाशशरण महतले गर्नेछन् ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्