अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको अपिल : हामीलाई सहयोगको खाँचो छ

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समुदायलाई  अपिल गर्दै सहयोगको माग गरेका छन् । मुलुक कोरोना महामारीको नयाँ र घातक लहरको सामना गरिरहेको छ । बढ्दै गरेको कोराना संक्रमणको कारण हाम्रा साहसी डाक्टर, नर्स, अन्य स्वास्थ्यकर्मी, स्वयं सेवक र समग्र स्वास्थ्य सेवामाथि नै अहिले गम्भीर चुनौती थपिएको छ । नेपालको इतिहास कठिनाइ र संघर्षपूर्ण रहँदै आएको छ  तर पनि यो महामारीले हामीलाई अन्तिम सीमामा पुर्‍याएको छ । कोरोना संक्रमितको संख्याले स्वास्थ्य प्रणालीमाथिको दबाब बढाएको छ । आवश्यक परेका बिरामीले अस्पतालमा बेड पाउन सकेका छैनन् ।संक्रमणको ग्राफ उकालो लागिरहेको छ र संक्रमण पुष्टि हुने दर पनि बढ्दो क्रममा छ । पछिल्लो केही दिनयता दैनिक करिब आठ हजार नयाँ संक्रमित भेटिइरहेका छन् । यो संख्या करिब तीन करोड जनसंख्या रहेको मुलुकमा निकै धेरै हो । यद्यपि हाम्रो संक्रमितको मृत्युदर भने तुलनात्मक रुपमा कम छ । यो महामारीबाट मानिसहरुलाई बचाउन  सरकारले रोकथाम र उपचारको क्षेत्रमा सबैभन्दा राम्रो सम्भाव भएसम्मको प्रयास चालिरहेको छ । संक्रमण नियन्त्रणको लागि राम्रोसँग अध्ययन गरेर विशेषगरी सहरी क्षेत्रमा लगाइएको सामाजिक गतिविधिमाथिको प्रतिबन्ध र सार्वजनिक सचेतनाका कार्यक्रम अहिले चलिरहेको छ । हामी अक्सिजन सपोर्ट र आईसीयू चाहिने बिरामीको उपचारमा कुनै कमी नहोस् भन्ने सुनिश्चित गर्ने प्रयास गरिरहेका छौं । हामीले परीक्षण, ट्रेसिङ र उपचार केन्द्रको विस्तार गर्नको लागि कदम चालेका छौं ।

यद्यपि स्रोत तथा पूर्वाधार अभावको कारण यो महामारी थेग्न नसक्ने अवस्थामा पुगेको छ । त्यसैले  अन्तर्राष्ट्रिय समुदायसँग मानिसहरुको ज्यान बचाउने हाम्रो प्रयासमा सहयोग गर्न हामीलाई खोप, परीक्षण गर्ने उपकरण, अक्सिजन किट्स, सघन उपचारका औषधि र उपकरणहरु सहयोगको लागि आग्रह गर्छु । हाम्रो अहिलेको तत्कालको लक्ष्य भनेको बचाउन सकिने मानिसलाई मृत्युको मुखमा पर्न नदिनु हो । बेलायतको कुरा आउँदा हामीलाई यो कठिन अवस्थामा एकजुट हुने अपेक्षा पनि धेरै छ । जुन हामीलाई निकट ऐतिहासिक सम्बन्धको कारण प्राप्त भएको छ । हामी हजारौं माइल टाढा रहेका मुलुक हौं तर हाम्रो सम्बन्ध निकै बलियो र प्रगाढ छ । यो सम्बन्ध एकअर्काको मुलुकका मानिसहरुको सम्बन्धको कारण अझै बलियो भएको छ । अन्त्यमा हामी एक पारस्परिक रुपमा जोडिएको विश्वमा छौं, यो रोगको सबैलाई असर पार्छ । सबै सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुन सक्दैन । यो महामारीले एकपटक फेरि विश्वका धनी र गरीब बीचको अन्तरलाई उजागर गरेको छ । यो अन्तर सबैलाई खोप, चिकित्सकीय सामग्री र उपचारमा पहुँच पुर्‍याउँदै कम गर्न सकिन्छ । विश्वका गरीब मुलुकमा बस्ने अर्बौं मानिसलाई आफूहरुले कहिले कोरोनाको खोप पाउने हो भन्ने थाहा छैन । यी मुलुकलाई ऐक्यवद्धताको खाँचो छ । हामी अहिले विश्वभरका हाम्रा मित्रराष्ट्रसँग तत्काल आवश्यक चिकित्सकीय सामग्री, जीवन बचाउने औषधि र खोप उपलब्ध गराउन आग्रह गरिरहेका छौं । दुई चुनौतीहरु जलवायु परिवर्तन र महामारीबाट बाहिर आउने एकमात्र बाटो एकता हो । बाहिर आउने एकमात्र बाटो विश्वलाई नै एक परिवारको लिँदै एकसाथ लड्नु हो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्