पूर्वरानी कोमल आईसीयूमा

Machchapuchchre

अर्थ राजनीति   ~  कोरोना भाइरस संक्रमणपछि अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको छ ।‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ ।अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनको हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् ।पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्