सिभिल बैंकको नेतृत्वमा फेरबदल, कामू सीईओमा पोखरेल नियुक्त

Machchapuchchre

अर्थ राजनीति  ~  सिभिल बैंक लिमिटेडको नेतृत्वमा फेरबदल भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका गोविन्द गुरुङले पदबाट राजीनामा दिएका थिए । उक्त राजीनामा मिति आइतबार बसेको संचालक समितिको बैठकबाट मिति बैशाख १८ गतेदेखि लागु हुने गरी स्वीकृत भएको छ । साथै उक्त बैठकबाट  बैंकका वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ। सिभिल बैंकमा बि.सं.२०६९ असोज २१ मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गोविन्द गुरुङले बि.सं. २०७४ बैशाख १२ मा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा र बि.सं. २०७४ श्रावण ११ देखि प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका हुन्। बैंकले चेन्ज म्यानेजमेन्ट मार्फत संस्थागत संस्कार, कार्यगत संस्कार, कर्जाको गुणस्तर, संस्थागत संरचनामा व्यापक सुधार गरी हालैको वर्षहरुमा व्यवसायको आयतनमा व्यापक वृद्धि गरेको हो । उनले प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्दा बैंकको निक्षेप ३३ अर्व ८१ करोड रुपैयाँ, कर्जा ३१ अर्व १९ करोड रुपैयाँ, निष्कृय कर्जा अनुपात ४.६६ प्रतिशत, शाखा संख्या ५१ थियो र हाल बैंकको निक्षेप ८७ अर्व ८९ करोड रुपैयाँ, कर्जा ८१ अर्व ४४ करोड रुपैयाँ, निष्कृय कर्जा अनुपात १.७० प्रतिशत तथा शाखा संख्या ११४ पुगेको छ । वहाँको कार्यकालमै यूनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स मर्जर भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्