भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख डोज कोरोना खोप उपहार

Machchapuchchre Bank

अर्थ राजनीति  ~  भारतीय सेनाले नेपाली सेनालाई उपहारस्वरुप कोभिड १९ विरुद्धको एक लाख डोज खोप प्रदान गरेको छ । दूतावासले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, “गत जनवरीमा ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत नेपाललाई दश लाख कोभिड–१९ विरुद्धको खोप प्रदान गरे पश्चात फेरि पनि भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप उपहारस्वरुप प्रदान गरेको छ । भारतले अघि बढाएको यो प्रयास दुई देशबीचको विशेष सम्बन्धको अर्को एक अनुपम उदाहरण हुनुका साथै यसले भारतले आफ्नो छिमेकी प्रति देखाएको सदाशयतालाई पनि पुष्टि गरेको छ ।”भारतले अबलम्बन गरेको ‘छिमेकी पहिलो’ नीति अनुरुप भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले आफ्ना नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापालाई टँुडिखेलस्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित एक समारोहकाबीच भिडियो कन्फरेन्स मार्फत उक्त खोप प्रदान गरेको जनाइएको छ । भारतको पुणेस्थित सिरम इन्टिच्यूटबाट एयर इण्डिया विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको उक्त खोप नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले नेपाली सेनालाई हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्