अर्थ राजनीति ~ ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ आज साढे १२ बजे बाँडफाँट हुदैंछ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नागपोखरी , काठमाडौंमा आईपीओ बाँडफाँट हुने भएको हो । यो कम्पनीको आईपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्नेछन् । कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्य ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ । कम्पनीको आईपीओमा अन्तिम दिन साझ ५ बजेसम्म १८ लाख ३२ हजार ९५८ जनाको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । यी आवेदकहरुबाट ३ करोड ८९ लाख ९६ हजार ५५० कित्ता शेयर माग भएको हो । मागभन्दा ६ दशमलव ५६ गुणा आवेदन परेको यस कम्पनीको आईपीओ १२ लाखभन्दा बढी लगानीकर्ताहरुले नपाउने भएका छन् । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी रू. २ अर्ब कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको हो । हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. १ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी रू. २ अर्ब २० करोड पुग्नेछ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति