आफू निकट नेतालाई पौडेलले बोलाए बोहोराटार

Machchapuchchre

अर्थ राजनीति  ~ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय शीर्षस्थ नेतालाई बोहोराटार बोलाएका छन् । पौडेलले आफ्नो निवास बोहोराटारमा दिउँसो एक बजेका लागि नेताहरुलाई बोलाएका हुन् । पौडेलले, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल लगायतका नेतालाई बुझिएको छ । पार्टीको आगामी  महाधिवेशनको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।

यसअघि पौडेल पक्षको भेलाले ओलीको विकल्पमा काँग्रेस अग्रसर हुनुपर्ने निष्कर्ष निकालेको थियो ।  सोहीअनुसार पदाधिकारी  बैठकमा काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन बनाउनुपर्नेमा एक मत बनेको थियो । त्यो अनुसार सभापति देउवाले अग्रसरता नदिएको पौडेल पक्षको आरोप छ । यस विषयमा थप दबाब दिन पौडेलले आफू पक्षीय शीर्षस्थ नेतासँग संवाद गर्न लागेको बुझिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्