एकिकृत कारोबार सुरु गर्दै एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त

Machchapuchchre

अर्थ राजनीति  ~  एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाले मर्जर पश्चात चैत ८ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई कम्पनी एक भई एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरका लागि यी दुबै कम्पनीको माघ ४ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण सभाबाट प्रस्ताव पारित गरेका थिए । मर्जरका लागि गत साउन ३२ गते सझदारीपत्रमा हस्ताक्षर गरेका कम्पनीहरुलाई कात्तिक १९ गते नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति प्रदान गरेको थियो । अन्तिम स्वीकृति राष्ट्र बैंकबाट फागुन २० गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन २५ गते पाएसँगै कम्पनीहरुले एकिकृत कारोबार सुरु गर्न लागेका हुन । स्वदेशी लघुवित्तको मर्जर अघिको अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु नयाँ संस्था एनआईसी एशिया लघुवित्तले सकार्ने गरी नियामक निकायबाट अन्तिम स्वीकृति प्राप्त गरी यी कम्पनीहरुले एकिकृत कारोबार सुरु गर्न लागेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्