अर्थ राजनीति ~ नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । सोमबार र मंगलबार लगातार दुई दिन सुनको मूल्य स्थिर रहेको हो । आज पनि छापावाला सुन प्रतितोला ८६ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन पनि आज ८६ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने आज तोलामा ५ रूपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य हिजो र आज स्थिर
