सिभिल बैंकको २० लाख ३० हजार ५९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुल्ला, कहाँ जाने भर्न ?

Machchapuchchre

काठमाडौं । सिभिल बैंक लिमिटेडको मंगलबार (मंसिर २४ गते) देखि २० लाख ३० हजार ५९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ । बैंकको उक्त लिलामी सेयरमा संस्थापक सेयरधनी, व्यक्ति, कम्पनी तथा अन्य संघ संस्थाहरुले आवेदन दिन पाउनेछन् ।

उक्त सेयर सर्वसाधारणले पनि किन्न पाउनेछन् भने यसमा न्यूनतम भाउ १०० रुपैयाँ रुपैयाँ छ । लगानीकर्ताहरुले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

साथै लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौंआवेदन दिनुपर्नेछ । लिलामी सेयरको आवेदन पुस ९ गते बिहान ११ बजे सिभिल क्यापिटलको कार्यालय सुन्धारामा खोलिने छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्