सरकार जोगाउन र नयाँ निर्माणका लागि निर्णायक – जसपा

Machchapuchchre

अर्थ राजनीति  ~  संसदको चौथो दल जनता समाजवादी पार्टी (जसपा) सत्ता जोगाउन र नयाँ गठबन्धन निर्माणका लागि तानातानमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जोगाउन जसपाको साथ खोजिरहेका छन् । यता प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र सत्ता समर्थक नेकपा माओवादी केन्द्रले पनि नयाँ सरकार निर्माणका लागि जसपाको साथ खोजिरहेको छ । ३४ सांसद गरेको जसपा सरकार जोगाउन र नयाँ निर्माणका लागि निर्णायक छ । प्रधानमन्त्री ओलीलाई सरकार टिकाइ राख्न थप १८ सांसद आवश्यक पर्दछ भने काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकार निर्माणका लागि जसपाको साथ अनिवार्य छ । शुक्रबार प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाले एकै समय छलफलका लागि जसपालाई बोलाइएको पाइएको छ । ओलीले विहिबारको छलफलको निरन्तरताका लागि शुक्रबार अपरान्ह चार बजे सरकारी निवास बालुवाटारमा बोलाएका छन् । यस्तै देउवाले पनि जसपाका शीर्ष नेतालाई ठीक त्यही समय बूढानीलकण्ठ बोलाएका छन् । जसपाका नेता लक्ष्मणलाल कर्णले चार बजे प्रधानमन्त्रीले बोलाएको बताए । यता अध्यक्ष उपेन्द्र यादवले सोही समय देउवाले पनि बोलाएको रातोपाटीलाई जानकारी दिए। चार बजे जसपा बालुवाटार जान्छ कि बूढानीलकण्ठ भन्नेमा जसपामा नेताहरु नै अन्यौल देखिएका छन् । सत्ता समीकरणबारे निर्णय लिन जसपा संसदीय दलको बैठक पनि बोलाइएको छ । जसपाले रेशम चौधरीको मुद्दा फिर्ता–रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका शर्त राख्दै आएको छ । सत्ता गठबन्धनबारे जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई देउवा–प्रचण्ड र महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग नजिक देखिएको पाइन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्