सबै दललाई एकताबद्ध गरेर अघि बढ्ने : नेता बाँस्तोला

Machchapuchchre

अर्थ राजनीति   ~ नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आए संगै  पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने र नजाने विषय महत्वपूर्ण नभएको बताएका छन् । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले पार्टीको नीति सरकारमा जाने र देशलाई चलाउने भएको स्पष्ट पारे । सरकार बनाउन साथ दिने जानकारी दिँदै उनले भने, “सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयनपछि अरु कुरा खुल्दै जान्छ ।” उनले संसदीय व्यवस्थामा देखिएका समस्या समाधान गर्दै वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्ने गरी सरकार निर्माणमा सहयोग गर्ने पार्टीको नीति रहेको जानकारी दिए । उनले भने, “हामी सरकारमा नजाने भन्ने होइन । संसदीय व्यवस्थामा देखिएका समस्यालाई समाधान गरेर वैज्ञानिक समाजवादको बाटोमा अगाडि बढ्ने गरेर सरकारलाई सहयोग गर्ने हो। ” सरकारसँग भएका सहमति कार्यान्वयन गर्दै देशको विकासमा सबै दललाई एकताबद्ध गरेर अघि बढाउने उनको भनाइ थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्