सागमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

Machchapuchchre

काठमाडौं । सरकारले साग खेलकुदमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिन घोषणा गरेको छ । एक भन्दा बढी स्वर्ण पाउने खेलाडीले जनही ११ लाख रुपैयाँ पाउने छन् । बुधवार पदक विजेता खेलाडीलाई भेट्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पदकको घोषणा गरेका हुन् ।

१३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख, रजत विजेता खेलाडीलाई जनही ६ लाख र कास्य विजेता खेलाडीले जनही ३ लाख रुपैयाँ पाउने भएका हुन् । सागमा नेपालले नेपालले ५१ स्वर्ण पदक जित्दा, ६० रजत र ९५ कास्य गरी कूल २०६ पदक हात पारेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्