कृषि विकास बैंक लिमिटेडद्वारा सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने घोषणा !

Machchapuchchre

काठमाडौं । कृषि विकास बैंकले आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको मंगलबार बिहान बसेको संचालक समितिको ७८७ औं बैठकले आर्थिक वर्ष २०७५/०७६ को सञ्चालन मुनाफाबाट उक्त लाभांश दिने घोषणा गरेको हो ।

बैंकले ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि बढाउने निर्णय गरेको छ । बोनस तथा नगद लाभांशमा लाग्ने कर कट्टी गरी बाँकी रकम शेयरधनीले पाउने छन् । नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्