प्रधानमन्त्रीले सागका पदक बिजेता नेपाली खेलाडीलाई बधाईसहित विशेष प्याकेज घोषणा गर्ने

Machchapuchchre

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई कामनासहित विशेष प्याकेज घोषणा गर्ने भएका छन् । आज (बुधबार) दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सागमा पदक विजेता नेपाली खेलाडीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाले भने, ‘प्रधानमन्त्रीले आज सागका पदक बिजेता खेलाडीलाई बधाईसँगै सम्बोधन गर्नुहुनेछ । सम्बोधनमा के के हुनेछ भन्ने चाँही भरेको सम्बोधनमै थाहा हुन्छ ।’ १३ औं सागका पदकधारी खेलाडीहरुलाई वालुवाटार आमन्त्रण गरिएको छ । आज नेपाली सबै पदक विजेता खेलाडीहरुलाई बालुवाटार बोलाईएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बताए ।

साग शुरु हुनु अघि नै प्रधानमन्त्रीले विशेष पदक विजेता खेलाडीलाई सम्बोधन गर्दै विशेष प्याकेज घोषणा गर्ने कार्यक्रम रहेपनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण स्थगित भएको थियो । युवा तथा खेलकुद मन्त्रालय र राखेपले मंसिर १० गते प्रधानमन्त्री केपी ओलीबाट पदक जित्ने खेलाडीका लागि विशेष प्याकेज घोषणा कार्यक्रम राखेको थियो । तर प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि पूर्व निर्धारित कार्यक्रममा विशेष प्याकेज घोषणा हुन सकेन । सोही अनुरुप बुधबारका लागि कार्यक्रम राखिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्