अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले क्यूआर कोडमा आधारित भुक्तानीलाई थप प्रभावकारी बनाउन तयार पारेको मापदण्डको मस्यौदा माथि अन्य विज्ञहरुको सुझाव मागेको छ । पछिल्लो समय निकै लोकप्रिय बन्दै गइरहेको क्यूआर कोडको प्रवर्द्धन तथा नियमन गर्न स्ट्यान्डर्डाजेन अफ क्यूआर कोड र नेपाल क्यूआर स्ट्यान्डर्डाजेन फ्रेमवर्क र गाइडलाइनको मस्यौदा तयार गरेको समेत राष्ट्र बैंक ले जनाएको छ। राष्ट्र बैंकले उक्त मस्यौदा उपर कुनै राय सुझाव भए माघ ३० गते भित्र उपलब्ध गराउन सूचना जारी गरेको हो । राष्ट्र बैंकले तयार गरेको मस्यौदामा क्यूआर भुक्तानीका लागि स्किम/नेटवर्कको योग्यता, एक्वायरिङ तथा जारीको योग्यता, नेटवर्क, अक्वायरर र जारी गर्ने संस्थाको मुख्य जिम्मेवारी, मूल्य तथा शुल्क, सेटलमेन्ट संयन्त्र, ग्राहक सेवा/गुनासो सम्बोधन र विवाद निरुपण, सूचना सुरक्षा कार्यक्रम, क्यूआर लोगो र ब्राण्डिङलगायतका विषय रहेको छ । राष्ट्र बैंकले पछिल्लो समय क्यूआर कोड स्क्यानबाटै हुने भुक्तानीलाई व्यापक विस्तार गर्दै लगरिरहेको छ । येस्को सुरुवात स्वयम् राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बाट गरिएको छ । वहाले काठमाडौंका ठूला तरकारी बजारहरुमा क्यूआर कोड उद्घाटन गर्दै आएका छन् । अगस्ट मध्यसम्म क्यूआरबाट हुने भुक्तानी ५८ करोड ९० लाख रुपैयाँ भएकोमा सेप्टेम्बर सम्म आइपुग्दा भुक्तानी रकम बढेर ६४ करोड ८० लाख रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
क्यूआर कोड- नेपाल राष्ट्र बैंक मापदण्डलाई अन्तिम रुप दिँदै
