अर्थ राजनीति ~ सर्लाहीमा प्रहरीले लागुऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साह रहेका छन् ।मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० किलो गाँजा बरामद भएपछि नियन्त्रणमा लिएर थप कारबाही गरिरहेको प्रहरीले जानकारी गराए ।
सर्लाहीमा लागुऔषध गाँजासहित एक दम्पती पक्राउ
