प्रचण्ड– माधव समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– माधव समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ । बैठकले आफ्नै दलमा बहुमत जुटाउन प्रयास गर्ने र नेपाली कांग्रेसहितका दलहरुसँग पनि सत्ता समीकरणका लागि छलफल गर्ने निर्णय पनि गरेको छ ।
साथै तत्कालीन संसदीय दलका नेता एवं मुख्यमन्त्री पौडेलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई सोधेको स्पष्टीकरणको जवाफ दिनुनपर्ने निर्णय गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्