नक्कली तिलको तेल उत्पादन गरी विभिन्न लेबलमा बिक्री गर्ने दुई उद्योगमा प्रहरीको छापा

Machchapuchchre

अर्थ राजनीति ~ नक्कली तिलको तेल उत्पादन गरी विभिन्न लेबलमा बिक्री गर्ने दुई उद्योगमा प्रहरीले छापा मारेको छ । वीरगंज-३ छपकैयामा रहेको शिवशक्ति रिप्याकिङ उद्योग र त्रिदेव रिप्याकिङ उद्योगमा प्रहरीले मंगलबार छापा मारेको छ । वनस्पति घ्यू खरिद गरी ल्याएर त्यसमा तिलको सुगन्ध मिसाइ अर्को बोतलमा रिप्याकिङ गरी बिक्री गर्ने गरेको प्रहरीमा उजुरी परेपछि छापा मारिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन । छापाका क्रममा प्रहरीले शिवशक्तिका सञ्चालक दीपककुमार वर्णवाल र त्रिदेवका एक जना कामदारलाई नियन्त्रणमा लिएको छ । त्रिदेवका सञ्चालक चन्द्रदेव वर्णवाल भने फरार रहेको प्रहरीले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्