अमिताभ बच्चन र उनका छाेरा अभिषेकलाई कोरोना संक्रमण पुष्टी

अर्थ राजनीति ~ बलिउडका  चर्चित सुपरस्टार अमिताभ बच्चनलाई कोरोना भाइरस पोजिटिभ भेटिएको छ। उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएकोमा अमिताभका छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएको हाे । भारतीय मिडियाका अनुसार, कोरोना  संक्रमण देखिएपछि बच्चनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ ।