राष्ट्रियसभा निर्वाचन : आज उमेदवार विरुद्ध दाबीविरोध र उजुरी दिन सकिने

Artharajniti  ~  राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गरेका उम्मेदवार आज दाबीविरोध र उजुरी दिने समय तोकिएको छ । हिजो मनोनयन दर्ता गरेका उमेदवार विरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ। २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र […]

विदेश जाने युवालाई सस्तोमा ऋण दिइने, प्रधानमन्त्रीले दिए निर्देशन

Artharajniti  ~   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरू सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । वैदेशिक रोजगारीमा जाने युवाहरु मिटरब्याजीहरू र दलालहरूबाट ठगिएको भन्दै सरकारले नै यस्तो व्यवस्था थर्न लागेको उनले बताए । उनले सामाजिक सुरक्षा कोषमा […]

कृष्ण सिटौलाको सहज व्यवस्थापन

Artharajniti  ~  कोशी प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीले कांग्रेस नेता कृष्ण सिटौलालाई सोधे, ‘तपाईं राष्ट्रियसभाको अध्यक्ष बन्ने सहमति भइसकेको हो ?’ दुईपटक एउटै प्रश्नको सामना गरेपछि उनले भने, ‘प्रारम्भमा धेरै चर्चा गर्नु उपयुक्त हुँदैन । राष्ट्रियसभामा निर्वाचित भएर पुगेपछि तपाईंले भनेका सबै कुराको जवाफ पाउनुहुन्छ ।’ शालिन र […]

गठबन्धनमा भागबन्डा मिलेपछि उम्मेदवार टुंग्याउन जुटे ४ दल

Artharajniti  ~   सत्ता गठबन्धनमा राष्ट्रियसभा सदस्यको १९ सिटमा भागबन्डा टुंगिएपछि चार दलका नेताहरू उम्मेदवारको टुंगो लगाउन छुट्टाछुट्टै आन्तरिक छलफलमा जुटेका छन् । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादी २ र जनता समाजवादीले १ सिट लिनेगरी सहमति भएसँगै ती दल आन्तरिक छलफलमा जुटेका हुन्। उक्त सहमतिपछि कांग्रेसका शीर्ष नेता सभापति […]

सर्लाहीको बरहथवामा फेरि कर्फ्यु

Atharajniti  ~  सर्लाही बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा तनाव भएपछि सोमबार बिहानसम्म कर्फ्यु आदेश जारी भएको छ। शुक्रबारदेखि सुरू भएको तनाव नियन्त्रणमा साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद अधिकारीले नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरेका हुन्। उनका अनुसार आइतबार मध्यान्ह १२: ४५ बजे देखि सोमबार बिहान ८ […]

सभापति लामिछानेले हाले कान्तिपुरविरुद्ध मुद्दा

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन् । कान्तिपुर पब्लिकेशनले आफूविरुद्ध भ्रामक समाचार सामग्री सम्प्रेषण गरेको भन्दै आफू कानुनी उपचारमा गएको लामिछानेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । सहकारी संस्थाको रकम हिनामिना गरेको […]

राजतन्त्र खोज्नेलाई ओलीले भने : “कस्तो राजा ल्याउने?”

Artharajniti  ~  नेपाली कांग्रेसले  ४८औँ मेलमिलाप दिवस मनाएको छ। बिपी  कोइराला लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ। यस अवसरमा नेपाली कांग्रेसले आज राजधानीमा कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रमलाई सम्बोधन गर्दे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा […]

नैतिक संकटमा दुई मन्त्री

Artharajniti   ~  ललितपुरको बालकुमारीमा भएको गोली काण्डमा गत शुक्रबार दुई युवकले ज्यान गुमाउनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका छन्। आन्दोलन भइरहेको बाटो हुँदै मन्त्रीको झन्डावाल गाडी गुडेपछि भिड उत्तेजित बनेको र त्यसमा सवार मन्त्री ज्वाला प्रदर्शनकारीसँग सवालजवाफमा उत्रिएपछि गाडी तोडफोड भएको, सुरक्षाकर्मीले मन्त्रीलाई जोगाउने […]

“गृह प्रशासनले बालकुमारीमा दुई युवाको हत्या गर्‍यो ” : सभापति लामिछाने

Artharajniti   ~  रास्वपाका सभापति तथा सांसद रवि लामिछानेले बालकुमारीमा गृहप्रशासनले दुई युवाको हत्या गरेको बताएका छन् । आज संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी घटनाबारे छलफलमा भाग लिँदै सांसद रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गएर रोजगारी गर्छु र पेट पाल्छु भन्दा गृहप्रशासनले गोली हानेर हत्या गरेको बताएका हुन् ।‘तपाईँलाई म स्पस्ट भन्छु देशमा […]

माइतीघरमण्डलाबाट सिके राउतसहित पक्राउ

Artharajniti  ~  धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन् । ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । […]